क्रेस्ट माइक्रो लाइफको आईपीओको बिक्री खुला


काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात प्रति कित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँका २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले पहिलो चरणमा २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालका लागि सेयर निष्कासन गर्ने छ ।

आइपीओको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था । मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । आवेदन माघ २९ गतेसम्म दिन सकिने छ ।