
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १४ जीवन बिमा कम्पनीले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
बिमा प्राधिकरण अनुसार यो अवधिमा प्रथम बिमाशुलक (वैदेशिक रोजगार बाहेक) १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ, वैदेशिक रोजगारी बिमा शुल्क १ अर्ब ४३ करोड ४३ लाख, नवीकरण बिमाशुल्क ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कुल सक्रिय रहेको बिमालेख संख्या १ करोड ३३ लाख ७२ हजार १०९ रहेको छ ।
प्राधिकरणका अनुसार ६ महिनाको अवधिमा राष्ट्रिय जीवन बिमा कम्पनीले २ अर्ब ७७ करोड ४५ लाख, नेशनल लाइफले ९ अर्ब ६० करोड ८० लाख, नेपाल लाइफ इन्स्योरेन्सले २२ अर्ब ४५ करोड ७७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ९ अर्ब ४६ करोड, मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ८६ करोड ८५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
यस्तै एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब २१ करोड ८६ लाख, आइएमई लाइफले २ अर्ब ४४ करोड १ लाख, सन नेपाल लाइफले २ अर्ब ३१ लाख, रिलायबल नेपाल लाइफको २ अर्ब ३८ करोड ५० लाख, सिटिजन लाइफको ३ अर्ब ३८ करोड ३६ लाख, सूर्यज्योती लाइफको ५ अर्ब ६ करोड ५७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
यस्तै हिमालयन लाइफ इन्स्योरेन्सले ८ अर्ब ३३ करोड ८ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६ महिनाको अवधिमा २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणका अनुसार पुस महिना मात्रै १४ जीवन बिमा कम्पनीले १४ अर्ब ९२ करोड २० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।










प्रतिक्रिया