काठमाडौं । नेपाली बजारमा क्रेटा ईभी फेब्रुअरी अन्त्यसम्म आउने भएको छ ।
हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फेब्रुअरी अन्त्यसम्म नेपाल आउने घोषणा गरेको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले मध्य फागुनसम्म नेपाली बजारमा उपलब्ध हुने बताए ।
हुन्डाईको क्रेटा ईभी जनवरी १७ मा भारत मोबिलिटी एक्स्पो-२०२५ मार्फत सार्वजनिक भएको थियो । यो कारले फुल चार्जमा ३९० किलोमिटर रेन्ज दिन्छ । ५२ किलोवाट-घण्टा ब्याट्री प्याक छ । २०० मिमि ग्राउन्ड क्लियरेन्स छ ।
उच्च टर्क डेलिभरीका कारण शहरी सडक, पहाड र अफ-रोडमा समेत सहज हुने अपेक्षा गरिएको छ । डीसी फास्ट चार्जरको माध्यमबाट १० देखि ८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्ने छ। घरमा प्रयोग गरिने ११ किलोवाट एसी चार्जरले ब्याट्रीलाई पूर्ण चार्ज गर्न करिब ४ घण्टा समय लिने जनाइएको छ ।
हुन्डाई क्रेटा ईभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो छ । तर इलेक्ट्रिक मोडलका लागि केही परिवर्तनहरू गरिएको छ । ब्ल्याक-आउट ग्रिल, चार्जिङ पोर्टका लागि विशेष फेन्डर, एक्टिभ एयर फ्ल्याप र नयाँ बम्पर डिजाइन यसलाई अझ आकर्षक बनाएको छ ।
इन्टेरियरमा यो गाडी अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । १०.२५ इन्चको डुअल स्क्रीन: इन्फोटेनमेन्ट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका लागि। प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट्स, ३६० डिग्री क्यामेरा र भीटूएल (भेइकल टू लोड) जस्ता सुविधाले गाडीलाई नयाँ स्तरमा पुर्याउने कम्पनीको दाबी छ ।
यस इलेक्ट्रिक गाडीमा अडभान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता प्रविधिहरू समावेश छन् । जसमा: लेन कीप असिस्ट, फर्वार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट वार्निङ, अडाप्टिभ क्रुज कन्ट्रोल लगायत रहेका छन् ।
६ एयरब्याग रहेको क्रेटा ईभीमा एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इडिन्केटर विथ फ्लास एडजस्टमेन्ट जस्ता सुरक्षा फिचर छन् । टिमरसहितको रियर डिफोगर, अटो होल्डसहितको ईपीबी र एफआर क्यामेरा, राडार र आरआर राडारसहितको एडास फिचर गाडीमा छ ।
क्रेटा ईभीले ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ ।
गाडीको ब्याट्रीबाट अन्य कुरा चार्ज गर्न एवं उपकरण चलाउन भीटूएल, एक्यूआई इन्डिकेटर, ड्राइभ मोडल सिलेक्ट, रियर वाईपर र वासर, क्रुज कन्ट्रोल सुविधा छ ।
प्रतिक्रिया