काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर बुझाएको छ ।
डीडीसीले उक्त कर तिर्न अटेरी गरेपछि महानगरले कर असुल्न कडाइ गरेको थियो । महानगरअनुसार डीडीसीले आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा सम्पत्ति करको मूल्यांकन गरेर १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर वापत रकम दाखिला गरेको हो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक सुनिता डंगोलले महानगरको नियम अनुसार कसैलाई काखा कसैलाई पाखा गर्न नदिने अडान लिएपछि सार्वजनिक संस्थानहरुले पनि कर बुझाउन थालेका छन् । डीडीसीले माघ ३ गते महानगरको वडा नम्बर २६ को कार्यालय लैनचौरमा उक्त सम्पत्ति कर बुझाएको हो ।
प्रतिक्रिया