सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत लाभांश पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभाले ३.८४ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंकको सोमबार अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न साधारणसभाले ३.६५ प्रतिशतको वोनस सेयर र ०.१९ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंकको चुक्ता पुँजी तीन अर्ब त्रिचालीस करोडको बाह्र करोड बाउन्न लाख बराबरको बोनस सेयर र कर प्रयोजनका लागि पैसठ्ठी लाख त्रियानब्बे हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब पचपन्न करोड बैसट्ठी लाख पुगेको छ ।
साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।