टेस्लाको विश्वव्यापी बिक्री घटिरहेका बेला चीनमा रेकर्ड राख्ने गरी ८.८ प्रतिशतले बढ्यो



एजेन्सी । विश्वव्यापी बजारमा टेस्लाको बिक्रीमा गिरावट आइरहेका बेला चीनमा भने बिक्रीमा नयाँ रेकर्ड कायम भएको छ ।

टेस्लाले डिसेम्बरमा चीनमा करिब ८३ हजार युनिट विद्युतीय गाडी (ईभी) बिक्री गरेको छ । जुन नोभेम्बरको तुलनामा १८.९% वृद्धि हो ।  यो कम्पनीको अहिलेसम्मकै बिक्रीका हिसाबले सबैभन्दा राम्रो महिना भएको दाबी गरिएको छ ।

टेस्लाले २०२४ मा चीनमा कुल बिक्री ६ लाख ५७ हजार युनिट पुर्‍याएको छ ।  जुन २०२३ को करिब ६ लाख ५७ हजार युनिटको तुलनामा ८.८% ले वृद्धि भएको छ ।

डिसेम्बरमा टेस्लाले चीनबाट १० हजार ७६६ युनिट गाडी निर्यात गर्‍यो, जसको अर्थ साँघाई प्लान्टबाट कुल थोक बिक्री ९३ हजार ७६६ युनिट थियो । यससँगै टेस्ला चीनको थोक बिक्री (निर्यातसमेत) २०२४ मा ९ लाख १६ हजार ६६० युनिट बिक्री भएको छ ।  जुन २०२३ को ९ लाख ४७ लाख ७४२ युनिटको तुलनामा ३.३% कम हो ।

अमेरिकी अटोमोबाइल कम्पनी टेस्लाले २०२४ मा चीनबाट २ लाख ५९ हजार ४८५  युनिट गाडी निर्यात गरेको छ, जुन २०२३ को ३ लाख ४४ हजार ०७८ युनिटको तुलनामा २४.६% ले घटेको हो । सांघाई प्लान्टबाट टेस्लाले मोडल ३ र मोडल वाई उत्पादन गर्छ ।

२०२४ मा, टेस्लाले विश्वव्यापी रूपमा १७ लाख ८९ हजार २२६ युनिट डेलिभर गरेको छ  ।  २०२३ को तुलनामा १.१% ले घटेको छ । यो कम्पनीको १२ वर्षपछि पहिलो वार्षिक गिरावट हो । चीनले ६ लाख ५७ हजार इकाइ बिक्री गरेर टेस्लाको कुल विश्वव्यापी डेलिभरीमा ३७% ले योगदान दिएको छ ।

हालसालै, टेस्ला चीन निकै सक्रिय छ । कम्पनीले साँघाईको दोस्रो प्लान्ट पूरा गरी गत हप्ताबाट परीक्षण उत्पादन सुरु गरेको छ।

 टेस्ला चीनले फेसलिफ्ट गरिएको मोडल वाईको मास उत्पादन सुरु गर्ने तयारी थालेको छ । नयाँ संस्करणको यो गाडी ५-सीटरसँगै, २०२५ को चौथो त्रैमासिकमा तीन-पंक्तिको ६-सीटर मोडल वाई पनि थपिनेछ ।

टेस्ला ईभीमा चर्चित ब्राण्ड हो । नेपालमा अरेट इन्टरनेशनलले आयात गरेर बिक्री गरिरहेको छ ।


क्लिकमान्डु