फ्यानको अध्यक्षमा राजेशभक्त निर्बाचित
काठमाडौं । फ्लोरिकल्चर एशोशिएशन नेपाल (फ्यान) को बिशेष चुनावी साधारण सभाले राजेशभक्त श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
यस अघि भएको निर्बाचनमा बिबाद आएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुन निर्बाचन गर्न दिएको समयमै तदर्थ समितीले निर्बाचन गराएको हो ।
यस अघि अध्यक्षमा निर्बाचित भएका दिलिप बादेलाइ ३ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । बरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ्ग निर्बिरोध निर्बाचित भएका छन् । उपाध्यक्षमा सुमन महर्जनले रामेश्वर बासीलाई, महासचिबमा हिरामणी शर्माले भोजराज तिमल्सिना, सचिबमा राजु तामाङ्गले रामचन्द्र खड्कालाइ पराजित गरेका थिए ।
यसैगरी कोषाध्यक्षमा राजकृष्ण बजगाइँ निर्बिरोध निर्बाचित भएका छन् । सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, मन्दिर श्रेष्ठ र इन्द्रकुमार श्रेष्ठ निर्बाचित भएका छन् । फ्यानको नबनिर्बाचित कार्यसमितीको कार्यकाल ३ बर्षको हुनेछ ।