‘महिन्द्रा उत्सव, छड्के सलाम’, योजनाको विजेता घोषणा, क-कसले पाउँदैछ ४ लाखसम्म नगर पुरस्कार



काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले ‘महिन्द्रा उत्सव: महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौँको इनाम’ योजनाको विजेता घोषणा गरेको छ ।

बिहिबार काठमाडौँ गैह्रीधारा सेल्स टावरस्थित अग्नि ग्रुप महिन्द्रा सोरुममा एक समारोहसहित विजेता घोषणा गरिएको हो ।

महिन्द्राले गत असोजमा हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो । यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि पुष १६ (तदनुसार १७ सेप्टेम्बर देखि ३१ डिसेम्बर, २०२४) गतेसम्म लागू गरिएको थियो ।

यस योजना अन्तर्गत महिन्द्रा ट्र्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलावा बम्पर इनामअन्तर्गत घोषणामा १ लाख रुपैयाँ, २ लाख रुपैयाँ र ४ लाख रुपैयाँ नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो । उक्त योजनाअनुरुप नै विजेता घोषणा कार्यक्रममार्फत बम्पर पुरस्कारका ३ जना भाग्यशाली विजेताहरू ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी घोषणा गरिएको हो । कार्यक्रममा एपिएफका खेलाडीहरूको विशेष आतिथ्य रहेको थियो ।

एपिएफका खेलाडीहरू: ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी महमद सेखु आलम, भलिबल खेलाडी निरुता ठगुन्ना, सुटिङ खेलाडी तथा ओलम्पियन सुस्मिता नेपाल, र एपिएफका एथ्लेटिक्स खेलाडी गोपिचन्द्र पार्कीको उपस्थिति थियो । गोपिचन्द्र पार्कीले  १ लाख रुपैयाँको, सुस्मिता नेपालले २ लाख र महमद सेखु आलमले ४ लाखको विजेता गोला प्रथाद्वारा छानेका हुन् । ‘लक्की ड्र’मार्फत छानिएका विजेताहरू भण्डारा, चितवनबाट डोल बहादुर श्रेष्ठ  १ लाख रुपैयाँ,  चापकोट, स्याङ्जाबाट इश्वर मल्लले २ लाख  र चौरजहारी रुकुमबाट डिपिडिएस निर्माण सेवाले  ४ लाख रुपैयाँको बम्पर इनाम जितेका छन् ।

विजेताहरूलाई अभिनेत्री स्वस्तिमा खड्काले इनामबापतको नगद  हस्तान्तरण गर्ने योजना छ ।


क्लिकमान्डु