भाटभटेनीले टेनिस खेलाडी सिभालीलाई युथ एम्बासडर बनाउँदै



काठमाडौं । भाटभटेनी सुपर मार्केटले लन टेनिस खेलाडी सिभाली गुरुङलाई युथ एम्बासडर बनाउने भएको छ ।
भाटभटेनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सिभालीलाई युवा विकास कार्यक्रम अन्तर्गत ब्रान्ड एम्बासडर बनाउन लागेको हो ।

सिभाली नेपाली लन टेनिसको उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आइरेकी खेलाडी हुन् । भाटभटेनीले युवा खेलाडीलाई प्रोत्साहन गर्नका लागि सहयोग स्वरुप एम्बासडर बनाउन लागेको बताएको छ ।

यो किसिमको सहयोग गर्न पाउँदा आफूहरु खुसी भएको पनि भाटभटेनीले बताएको छ ।


क्लिकमान्डु