केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग



काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ ।

केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, समाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ। सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले “नो हर्न प्लीज,” “नो स्टपिङ,” “स्पीड लिमिट” र “नो पार्किङ” जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ, जसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्‍याउने विश्वास कम्पनीको छ ।

यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन् । जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनि केएनपी नेरोलेकले समाजको भलाईमा योगदान पुर्‍याउन नयाँ लक्ष्य राखेको छ।

सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ। केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरि नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ।


क्लिकमान्डु