समस्याग्रस्त दर्शन सहकारीको ऋण तिर्न समितिको अपिल
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ ।
समितिले बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम मंगलबार दर्शन सहकारीबाट ऋण लिएका ऋणीलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको हो ।
समितिले दर्शन बचत तथा ऋण सहकारीबाट ऋण लिएका ऋणीले समस्याग्रस्त सहकारी व्यवस्थापन सिमितिको
राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गर्न भनेको छ ।
समितिले उक्त समयमा ऋण चुक्ता नगरे प्रदेश सहकारी ऐन २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक आर्थिक कारोबार कालो सूचीमा राख्ने र चल अचल सम्पती रोक्का राख्ने बताएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कार्तिक ११ गते दर्शन सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।