बचतकर्ताको पैसा तीन दर्जन कम्पनीमा लगानी गर्ने दर्शन सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाडौं । दर्शन बचत तथा ऋण सहकारी संस्थालाई बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
आइतबार बसेको प्रदेश मन्त्रालयको मन्त्री स्तरिय निर्णय अनुसार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बागमती प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेलले बताए ।
काठमाडौंको कीर्तिपुरमा रहेको उक्त सहकारीलाई मन्त्रालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको जनाएको छ ।
यो सँगै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको सहकारीको संख्या २ पुगेको छ । यसअघि २०८० भदौ २१ गते सिभिल सेभिङ्ग एण्ड क्रेडिट को(अपरेटिभलाई समस्याग्रस्त गरेको छ ।
विभिन्न सहकारीलाई मर्ज गराउने र उनीहरुको पैसा संस्थाका अध्यक्ष दिनेश दर्शनधारी नेतृत्वको समूहको निजी करिब ३६ वटा कम्पनीमा लगानी भएको पाइएको छ ।
सहकारीका अध्यक्ष दर्शनधारीले संस्थामा संकलन भएको बचत आफ्ना विभिन्न तीन दर्जन बढी कम्पनीमा लगानी गरेका छन् ।
सहकारीका बचतकर्ताको पैसा दिनेश लगायतको नाममा आवर्स कन्ट्रक्सन प्रालि।, मुक्तिनाथ इन्भेष्टमेन्ट प्रालि, आवर्स मोटर्स प्रालि, ट्रि इन्टरटेन्मेन्ट प्रालि, ट्रि मिडिया, इस्टर्स स्टार फर्टिलाइजर प्रालि, इस्टर्स स्टार कृषि प्रालि, दर्शन मल्टि सोरुम, दर्शन होल्डिङस प्रालि, दर्शन फर्टिलाइजर प्रालि, ईस्टर्न स्टार इनर्जी प्रालि, सरना फिसटेल जुन प्रालि, आरुष इलेक्ट्रोनिक प्रालि, रामपुर देउकी कृषि फार्म, दर्शन डेरी, बोधिनादो फोरेष्ट्रि प्रालि, रमौली कृषि फर्म, दर्शन हिट इंग्रजेन्ट प्रालिमा लगानी छ ।
यस्तै शाही सारा उद्योग, ईस्टर्स स्टार नर्सरी, इस्मेन्ट प्रालि, बिल्डर इन्स्टन्ट प्रालि, सारजिण्डेसन सारा भिलेज प्रालि, ईस्टर्स स्टार डेरी प्रालि, फिसटेल फिल्म सिटी प्रालि, दिपु एण्ड ब्रदर्स निर्माण सेवा प्रालि, दर्शन स्टार कृषि फर्म, दिवस प्रेस प्रालि, आवर्स मोटर्स स्पेयर पार्टस् एण्ड सर्मिस प्रालि, दर्शन इनर्जी, धौलागिरी नेचुरल फुड्स एण्ड हर्बस प्रालि, इस्टन स्टार फर्टिलाइजर, भिज्मो वर्लड, आस्था इलेक्ट्रोनीक प्रालि, बोधीमाई मोर्डन एग्रो र दर्शनमल्टि इन्भेष्टमेन्ट प्रालि लगायत रहेका छन् ।