समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको डीडीए हुने
काठमाडौं । कर्णाली कर्णाली डेभलपमेन्ट बैंकको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) हुने भएको छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट कम्पनीलाई दरभाउ पेस गर्न आह्वान गरेको हो ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले गत पुस ११ गते बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।
नेपाल राष्ट्र बैंकबाट खटिएको व्यवस्थापन समूहले माघ १० गतेभित्र नेपालगञ्जस्थित बैंकको केन्द्रीय कार्यालयमा दरभाउ पेश गर्न भनिएको छ ।