गायिका शान्तिश्रीले काठमाडौंमा ४ करोड पर्ने घर किनेकी हुन् ?



काठमाडौं । चर्चित गायिका शान्तिश्री परियारले काठमाडौंमा घर किनेकी छन् । परियारले काठमाडौंको गोंगबु गणेशस्थानमा नयाँ घर किनेको उनी निकट स्रोतको भनाइ छ । उनले उक्त घरमा करिब ४ करोड लगानी गरेकी हुन् । नयाँ घरमा उनी परिवारसँगै सर्ने तयारीमा छिन् ।

धादिङका नारायण भुजेलसँग विवाह गरेकी उनी सामाखुसीमा भाडामा बस्दै आएकी थिइन् ।

रोल्पाको विकट गाउँमा जन्मिएकी शान्तिश्रीले गायन क्षेत्रमाबाट नाम र कमाइ गरिरहेकी छन् ।

२०७४ सालमा सार्वजनिक भएको ‘बोल माया’ गीतले शान्तिश्रीलाई ठूलो सफलता दिलायो । ‘गलबन्दी’, ‘चौकादाउ’ हुँदै ‘कुरा बुझ्न पर्च’ सम्म आउँदा उनका थुप्रै गीत लोकप्रिय भइसकेका छन् । त्यस्तै उनका ‘अरेली काँडैले’, ‘रूकुम मैकोट’ पछिल्लो पटक चर्चामा रहेका गीत हुन् ।


क्लिकमान्डु