रितेश मित्तलको नेतृत्वमा नेपाल मुद्रा विप्रेषक संघको नयाँ कार्यसमिति
काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य संजिव पाठकले गरेका थिए भने स्वागत मन्तब्य पूर्वअध्यक्ष सुमन पोखरेलले राखेका थिए ।
त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथीलाई धन्यवाद ज्ञापन गरेका थिए।
संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामूहिक प्रयत्न गनुपर्नेमा जोड दिए ।
आफ्नो कार्यकालमा आफू र आफ्नो कार्यसमितिलाई पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष टण्डनलेले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।
संघको सम्पन्न १९औं वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रालि) लाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा मनोनित गरेको छ भने उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रालि) , महासचिवमा दिवाकर पौडेल (आईएमई लिमिटेड) , कोषाध्यक्षमा संजिव कुमार पाठक (एटिटि रेमिट प्रालि) सचिवमा रामेश्वर सापकोटा (प्रभू मनिट्रान्स्फर प्रालि) कार्यसमिति सदस्यहरुमा विमल महत (सिद्धार्थ बैंक लि) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि) मधुसुदन न्यौपाने ( प्रभू बैंक लि) र सुदन सिं सिलवाल ( युनाईटेड रेमिट प्रालि) सर्वसम्मत रुपमा चयन भएका छन् । संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामी कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णग गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे नव निर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । सोही क्रममा उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।
नेपाल मुद्रा विप्रेषक संघले संघको १९औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म यस संघको पदाधिकारीमा रही काम गर्नुभएका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।