रसुवागढी हाइड्रोपावरको व्यावसायीक विद्युत उत्पादन सुरु



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले व्यावसायीक रुपमा विद्युत उत्पादन सुरु गरेको छ ।

रसुवा जिल्लाको टिमुरेमा निर्माण सम्पन्न भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत परियोजनाबाट व्यावसायीक रुपमा विद्युत उत्पादन सुरु भएको हो ।

आयोजनाको विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद बिक्री सम्झौता बमोजिम पुस १६ गतेदेखि लागू हुनेगरी आयोजनाबाट विद्युतको व्यावसायीक उत्पादन सुरु भएको हो ।


क्लिकमान्डु