सिद्धार्थ बैंकको लिलामीमा विवादः दुवै पक्षलाई वार्तामा ल्याउने प्रक्रिया सुरु



काठमाडौं । सिद्धार्थ बैंकले लिलामी गरेको सुदिक कुमारी देवी र लक्ष्मी ट्रेडर्सको नाममा रहेको संयुक्त जग्गाको लिलामी खारेज गरेको छ ।

उक्त जग्गाको मुलधनी र धितो सकार्ने दुवै पक्षलाई बैंकले वार्ताका लागि सहजिकरण गर्ने जनाएको छ ।

बैंकका अनुसार सुदिक कुमारी देवी र लक्ष्मी ट्रेडर्सको नाममा रहेको धितो राखेर लिएको कर्जा नियमति नभएको भन्दै बैंकले लिलामीमा चढाएको थियो ।

बैंकले लिलामीमा चढाएको जग्गा तेस्रो पक्षले बोलकबोल गरेको थियो । मुल जग्गा धनीले जग्गा सकार्ने भनेपछि बैंकले दुवै पक्षलाई राखेर वार्ताका लागि सहजिकरण गर्ने जनाएको हो ।


क्लिकमान्डु