रवि लामिछानेको बयान सकियो, यस्तो हुन्छ अब प्रक्रिया
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार र शुक्रबार दुई दिनसम्म रविको बयान भएको थियो ।
रविसहित पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईको बयान सकिएको छ ।
पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान अझै लिन बाँकी रहेको छ ।
आइतबारदेखि पुनः बयान प्रक्रिया सुरु हुने जनाइएको छ । सबैको बयान लिइसकेपछि मात्र थुनछेक बहस हुने छ । त्यसपछि मात्र लामिछानेसहितका हिरासतमै रहेर मुद्दा अघि बढ्ने कि बाहिर निस्किएर भन्ने निर्णय इजलासले गर्ने छ ।
कास्की जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार र आइतबार सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।