रवि लामिछानेले कर पनि छलेको पाइयो, करोडौं कारोबार गर्नेको वैध आय १ करोड ९ लाखमात्र



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयकर तिर्ने क्रममा आम्दानी पनि ढाँटेको पाइएको छ । गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकसमेत रहेका लामिछानले तबलस्वरुप १८ महिनामा १ करोड ४ लाख रुपैयाँ लिएकामा २ आर्थिक वर्षमा ६८ लाखको मात्र कर तिरेको पाइएको हो ।

लामिछाले ग्यालेक्सी टीभीमा १८ महिना काम गरेका थिए । २०७७ माघ १ देखि २०७९ असार १ सम्म लामिछानेले १ करोड ४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएको सहकारी छानबिन संदसीय समितिले उल्लेख गरेको छ । जसमध्ये आव २०७७/७८ मा ३० लाख रुपैयाँ र बाँकी २०७८/७९ मा लिएको पाइएको हो ।

तर, लामिछाने आव २०७७/७८ मा ४४ लाख रुपैयाँ आम्दानी मानेर १२ लाख २१ हजार रुपैयाँ आयकर तिरेको पाइएको हो । २०७८/७९ मा त झन् कम अर्थात् २३ लाख ५३ हजार रुपैयाँमात्र आम्दानी देखाएका छन् । ७४ लाख रुपैयाँ तलब लिएको भए पनि लामिछानेले आधा भन्दा कम आम्दानी देखाएर कम तिरेका हुन् । सो आवमा उनले ३ लाख ५३ हजार रुपैयाँ आयकर तिरेका छन् ।

लामिछानेको प्यान नम्बर १०९७४३३९२५ बाट खुलेको विवरण अनुसार ५ वर्षमा लामिछानेले कुल १ करोड ९ लाख ६३ हजार रुपैयाँ आम्दानी देखाएर त्यसवापत १९ लाख ३१ हजार ५ सय ४५ रुपैयाँ कर तिरेका छन् । करपछिको उनको आय ९० लाख ३१ हजार रुपैयाँ हुन आउँछ ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोजनपत्र अनुसार उनले आव २०७६/७७ मा २७ लाख १४ हजार, आव २०७९/८० मा १६ लाख ९३ हजार र आव २०८०/८१ मा १२ लाख ९५ हजार रुपैयाँ आम्दानी देखाएको पाइएको छ ।

सो आवमा वर्षमा २० लाखभन्दा बढी कमाउनले ३६ प्रतिशतसम्म आयकर तिर्नुपर्ने कानुनी व्यवस्था । सोहीअनुसार रविले ७४ लाख रुपैयाँ कमाएको वर्ष २२ लाख रुपैयाँ कर तिर्नुपर्ने थियो ।

तर, ५ आवमा उनले मात्रै १९ लाख रुपैयाँ कर तिरेका हुन् ।


क्लिकमान्डु