सेयर बजारमा सामान्य सुधार, गुमाउने र कमाउने कम्पनी बराबरी



काठमाडौं । सेयर बजारमा समान्य सुधार भएको छ ।

कारोबारको अन्तिम समयमा बजार मापन गर्ने सूचकमा सुधार आउँदा बजार २.९५ अंकले बढेर परिसूचक २६३३.८७ बिन्दु कायम भएको छ ।

कारोबारमा ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा विकास बैंक, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कारोबारमा जानकी फाइनान्स, दोल्ती पावर कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने कुथली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।

यस्तै रिभर फल्स पावर, नेशन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।