नेपाल हाते कागज उद्यमी संघमा ङिग्मा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति



काठमाडौं । नेपाल हाते कागज उद्यमी संघले आगामी दुई वर्षका लागि ङिग्मा शेर्पाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालहरी श्रेष्ठ, उपाध्यक्षमा टोनिसा खुलाल मगर, सचिवमा सञ्जय गौतम, कोषाध्यक्षमा पस प्रसाद धिताल निर्वाचित भएका छन् ।

अधिवेशनबाट निर्वाचित सदस्यहरुमा पाण्डव ढुंगेल, राधाकृष्ण थापा, डेवु गुरुङ, पहल सेर पाण्डे, यादव सिग्देल, देशबहादुर थामी, लाक्पा शेर्पा, विष्णु नारायण धामी, सनत कुमार कार्की, घनश्याम मिश्र र तारा श्रेष्ठ छन् ।

उद्घाटन समारोहमा संघको अभिभावक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँह, निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्ष मोहन कटुवाललगायतले अर्थतन्त्रमा हाते कागजको भूमिका र योगदानको विषयमा चर्चा गरेका थिए ।

नेपालका काठमाडौँ मोरङ सुनसरी संखुवासभा संखुवासभा इलाम भोजपुर दोलखा सिन्धुपाल्चोक बाग्लुङ कास्की रुकुम जाजरकोट लगायतका जिल्लामा रहेको हाते कागज उद्योगहरू सञ्चालनमा रहेको नेपाल हाते कागज उद्यमी संघले जनाएको छ । हाल देशभर चार सयभन्दा बढी उद्योगहरू रहेको र तिनीहरूले चार लाख भन्दा बढी मानिसहरुलाई रोजगार दिएको रोजगारी दिएको संघका निवर्तमान अध्यक्ष नरेन्द्र साउथले बताए ।

हाते कागज उद्यमीहरुको हकहित संरक्षण, सम्बद्र्धन र व्यवसायिक समृद्धिका लागि संगठित गर्दै २०७४ सालमा नरेन्द्र साउदको अध्यक्षतामा हाते कागज उद्यमी संघको स्थापना भएको भएको थियो ।


क्लिकमान्डु