सर्वोच्च प्रशासनको लापरबाही: बिदामा बसेका न्यायाधीशको इजलास तोकियो



काठमाडौं । सर्वोच्च अदालतमा बिदा बसेका न्यायाधीशको पेसीका लागि गोला तानिएपछि सेवाग्राही मर्कामा परेका छन् ।

सर्वोच्चका न्यायाधीश कुमार चुडाल बिदामा बसे पनि उनको इजलास तोकिएको हो । न्यायाधीश चुडालले आफू बिदामा बस्नेबारे सोमबार नै जानकारी गराउँदै बिदा दर्तासमेत गराए पनि सर्वोच्च प्रशासनको लापरबाहीले उनको इजलास तोक्दै मुद्दाको गोला तानेको हो ।

बिदामा बसेका न्यायाधीश चुडालको दुईवटा संयुक्त इजलास तोकिएको छ । न्यायाधीश कुमार चुडाल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासलमा एउटा मुद्दा परेको छ भने कुमार चुडाल र नित्यानन्द पाण्डेयको अर्को संयुक्त इजलासमा ४६ वटा मुद्दा पेसीमा चढेको छ ।

उनी बिदामा बसेपछि पेसीमा चढेका मुद्दाको सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतको दैनिक पेसी सूचीमा चुडालसहितको इजलासका सबै मुद्दामा बेन्च नबसेको उल्लेख गरिएको छ ।


क्लिकमान्डु