‘बैंक अफ द इयर’ उत्कृष्टताको प्रमाण हो, सिटिजन्सले यसकारण पायो अवार्डः सीईओ पोखरेल (भिडियो)



काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले बैंक अफ द इयर अवार्ड उत्कृष्टताको प्रमाण भएको बताएका छन् । क्लिकमान्डुसँगको कुराकानीमा सीईओ पोखरेलले पछिल्लो समय डिजिटाइजेसनमा बैंकको प्रयास, विवेकी बैंकिङको अभ्यास, अनुपालना र सुशासनको नतीजा नै यो प्रतिष्ठित अवार्ड रहेको बताएका हुन् ।

कर्मचारीहरुको उच्चकोटीको पर्फमेन्स र टिमवर्क अवार्डको मुख्य कारक भएको उनको दाबी छ । बैंकले भर्खरैमात्र भर्चुअल क्रेडिट कार्ड लगायत बैंकिङमा नवीन र प्रभावकारी सुविधा तथा अभ्यास सुरु गरेको छ । यीनै कारण बेलायतको द फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२४ का लागि बैंकलाइ सो अवार्ड प्रदान गरेको हो ।

द फाइनान्सियल टाइम्सले विश्वभरका १२० मुलुकबाट एकरएक वटा बैंकलाइ विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरेको हो । नेपालको तर्फबाट सिटिजन्स बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्टता, नवीनता र दिगो विकासमा बैंकको महत्त्वपुर्ण योगदान सहितको उत्कृष्ट वित्तीय सेवाको कारण प्राप्त गरेको हो ।

‘बैंक अफ द इयर’ अवार्ड सन १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैंकहरूलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा द बैंकर म्यागजिनले प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु