वार्षिकोत्सवको अवसरमा भिभोले ल्यायो आकर्षक एक्सचेन्ज अफर
काठमाडौं । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक स्मार्टफोन साझेदार भिभो नेपालले आफ्नो सफल सात वर्ष पूरा गरेको उत्सव मनाउँदै आफ्नो ७ औँ सेल्स कार्निवल, ‘क्रिककार्निवल’ को सुरुवात गरेको छ ।
यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बर देखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ । जसले ग्राहकहरूलाई भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कारहरू र विशेष सुविधाहरू प्रदान गर्छ । क्रिककार्निवल अन्तर्गत भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिन्छ ।
अन्य रोमाञ्चक पुरस्कारहरूमा भिभो स्मार्टफोनहरू, टीडब्ल्यूएस इयरबड्सहरू, ६ महिना सम्मको विस्तारित वारेन्टी, र थप सरप्राइजहरू समावेश छन्, जसले यो उत्सवलाई साँच्चिकै अविस्मरणीय बनाउने बताइएको छ ।
भिभोले नेपालमा आफ्नो ७ वर्ष पूरा भएको उपलक्ष्यमा आफ्नो पुराना ग्राहकहरूको सम्मानमा ७ भाग्यशाली भिभो भि७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभो भि ७, भिभो भि ४० सँग केवल ३१ हजारमा एक्सचेन्ज गर्न पाउनेछन् ।
नेपालमा स्थापना भएदेखि नै भिभोले निरन्तर रूपमा नव प्रवप्रवर्तनकारी प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । जसले लाखौँ प्रयोगकर्ताहरूको विश्वास र प्रशंसा प्राप्त गरेको छ ।