डेयुन अटोमेटिभ्सले उत्पादनलाई निरन्तरता दिने, नेपाली बजारमा पनि वितरण
काठमाडौं । हेभी ट्रक, हलुका ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू उत्पादन गर्दैआएको चिनियाँ इलेक्ट्रिक गाडी उद्योग डेयुन समूहले चीन सरकारको समर्थन र लगानीमा नयाँ वर्षको सुरुआतसँगै पुन:उत्पादन सुरु गर्ने भएको छ ।
यससँगै कम्पनीले पुनर्संरचना पनि गर्ने जनाएको छ । २००४ मा गाडी क्षेत्रमा प्रवेश गर्दै २०१७ मा नयाँ प्रिमियम गाडी बजारमा ल्याएको डेयुनले विश्वव्यापी अटोमोटिभ बजारमा आफ्ना स्थानलाई मजबुत बनाउँदै आएको दाबी गरेको छ।
६ वटा उत्पादन केन्द्र र १० लाख ८७ हजार गाडीहरूको वार्षिक उत्पादनसँगै, डेयुनको तीन दशक लामो अनुभव छ ।
कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने पनि प्रतिबद्धता जनाएको छ । यसैगरी नेपाली बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजान बनाएको छ ।
कम्पनीले आफ्ना उत्पादनहरु पूर्ण प्रतिबद्ध र नेपाली बजारमा सकारात्मक योगदान दिने जानकारी दिएको छ ।