सिप्रदीको सर्भिस सेन्टरले कम खर्चमै टाटा कमर्सियल गाडीको मर्मत गर्ने



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र बोच लिमिटेडबीच टाटा कमर्सियल गाडीहरुमा जडान भएका बोच एफआईपीहरुको मर्मत सम्बन्धी सेवाका लागि सम्झौता भएको छ ।

विशेस समारोहमा दुबै पक्षबीच भएको यस सम्झौता अनुसार अब सिप्रदीको सर्भिस सेन्टरमा टाटा कमर्सियल गाडीहरुको एफआईपी सम्बन्धी मर्मत संभार गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरीय सेवा पाउने बताइएको छ ।

सम्झौतापछि सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभराज थपलियाले भने, ‘यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई एफआईपी मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा बोचको विस्तारित सर्भिस संजालले गर्दा अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास गरेका छौं ।’

यस्तै बोच इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले यस सहकार्यको महत्वलाई उजागर गर्दै ग्राहकले भोग्दैआएका समस्याको अब दीगो समाधान हुने अपेक्षा गरे । कामतले भने, ‘यस सम्झौताले अब सिफारिस नगरिएका तथा ननजेन्युन पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आएको समस्याको दीगो समाधान गर्नेछ ।’

यो सेवा नेपालभर रहेका सिप्रदीका सबै सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने बताइएको छ । एफआईपी मर्मत सम्बन्धी कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउँदा ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूति प्रदान गर्न कम्पनीले जेन्युन पार्ट्सहरुमा ६ महिनासम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने जनाएको छ ।


क्लिकमान्डु