इनफिनिक्स हट फाइभओ आई अब नेपालमा, यस्ता छन् फिचर, कति पर्छ मूल्य ?



काठमाडौं । इनफिनिक्सले प्रविधि प्रेमीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएको नयाँ हट फाइभओ आई स्मार्टफोन प्रस्तुत गर्दैछ । जसको मूल्य १४ हजार ४९९ रुपैयाँ मात्र तोकिएको छ । यो स्मार्टफोनले आफ्नो श्रेणीमा नयाँ प्रदर्शन मापदण्ड स्थापना गरेको कम्पनीले जनाएको छ।

यो स्मार्टफोन मीडियाटेक हेलियो G81 प्रोसेसरद्वारा सञ्चालित छ । जसले मल्टिटास्किङ, गेमिङ, स्ट्रिमिङ वा एप्स स्विच गर्दा सहज र प्रभावकारी प्रदर्शन गर्ने बताइएको छ । यसमा ४जीबी र्‍याम र १२८ जीबी स्टोरेजसँगै प्रयोगकर्ताहरूलाई आफ्नो डाटा र मिडिया फाइलहरूका लागि पर्याप्त ठाउँ उपलब्ध हुन्छ ।

६.७ इन्चको एचडी+ डिस्प्ले र १२०Hz रिफ्रेस रेटसहित यो स्मार्टफोनले जीवन्त र रमणीय दृश्य अनुभव प्रदान गर्छ। यस्तै नवीनतम शोहरू हेरिरहँदा वा मनपर्ने गेमहरू खेल्दै हुनुहुन्छ भने हट फाइभओ आई मा स्पष्ट र सहज भिजुअल अनुभव गर्न सक्नुहुन्छ।

यस्तै ४८एमपी मुख्य क्यामेरामा AI प्रविधि समावेश भएको छ । जसले आकर्षक फोटोहरू खिच्न सक्नुका साथै ८MP फ्रन्ट क्यामेराले उत्कृष्ट सेल्फी लिन मद्दत गर्दछ। ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले स्मार्टफोनलाई दिनभर प्रयोगमा सक्षम बनाउँछ ।


क्लिकमान्डु