टाटा म्याजिक बीएससिक्स सार्वजनिक, शहरी यातायातका लागि उपयोगी
काठमाडौं । टाटा म्याजिक बिएससिक्स नेपालमा सार्वजनिक भएको छ ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि उपयोगी मानिएको बीएससिक्स सार्वजनिक गरेको हो ।
नेपालगंजमा आयोजना गरिएको कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रालिका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रालिका अध्यक्ष रेशम खत्री, र गो कर्णाली यातायात प्रालिका अध्यक्ष पदम थापा सहित अन्य व्यक्तित्वहरुको उपस्थितिमा थियो ।
टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बिएस टु संस्करणका साथ प्रवेश गरेको थियो । त्यसपछि बिएसथ्री,बिएस फोर हुँदै एक कार्यक्रमबीच मंगलबार बीएससिक्स संस्करण सार्वजनिक गरेको हो । यो गाडीले नेपाली सवारी साधन बजारमा ९५% बजार हिस्सा कब्जा कम्पनीको दाबी छ । हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन् । टाटा म्याजिक बीएससिक्स पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा साबित हुने विश्वास कम्पनीले राखेको छ ।
टाटा म्याजिक बीएससिक्समा ६९४ सीसी पेट्रोल इन्जिन छ । टर्क ५५ एनएम छ ।
गियरबक्स ५ स्पीड गियर छ । १३ इन्चको टायर छ ।डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इको स्विच, एबीएस र सबै पांग्रामा एन्टी–रोलबार छ ।