टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक
नेपालगन्ज । सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ।
कार्यक्रममा बागेश्वरी यातायातका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवाका अध्यक्ष निम ब. चलाउने, सनराइज यातायातका अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायीका महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायातका अध्यक्ष रेशम खत्री र गो कर्णाली यातायातका अध्यक्ष पदम थापासहित विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
अतिथिहरूले यस गाडीलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरेका थिए । टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस६ संस्करणका साथ प्रवेश गरेको थियो।
त्यसपछि बीएस३, बीएस४ हुँदै आज बीएस६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५५ बजार हिस्सा ओगटेको छ। हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्।
सिप्रदी ट्रेडिङ नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक हो । जसले नेपाली यातायात क्षेत्रलाई टाटा म्याजिक बीएस६ जस्ता अत्याधुनिक गाडीहरू उपलब्ध गराउँदै ग्राहकहरूको भरोसा जित्न सफल भएको छ।
सिप्रदी ट्रेडिङका कृष्ण चन्दले नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस६ उत्कृष्ट यातायात समाधान भएको बताए । यस गाडीले यात्रुहरूको सहजता बढाउने साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका कमर्सियल भेहिकल्स बिजनेस युनिट प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले टाटा म्याजिक बीएस६ ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउने दाबी गरे । यसको प्रविधि र आरामदायी सिटले यात्रुको अनुभवलाई स्तरीय बनाउने बताए ।