पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी नेपाल इन्भेष्टमेन्ट बैंकको, कुनको कति ? (सूचीसहित)
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको छ । नेपालको पर्यटन क्षेत्रमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानी २ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।
नेपालको पर्यटन क्षेत्रामा समग्र बैंक तथा वित्तीय संस्थाले औषतमा १० प्रतिशतको हाराहारीमा रहेको सम्बन्धित बैंकहरुको वित्तीय विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालका बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा गत वर्षको सोही कात्तिक मसान्तसम्ममा २ खर्ब २१ अर्ब रुपैयाँ लगानी गरेको थिए ।
तथ्यांक अनुसार नेपालको पर्यटन क्षेत्रमा पछिल्लो एक वर्षमा २० अर्ब रुपैयाँ मात्रै लगानी थपिएको छ । पछिल्लो समय होटल क्षेत्रमा लगानी आक्राम भइरहेकोले पनि यही विधामार्फत पर्यटन क्षेत्रमा लगानी बढेको हो । पर्यटन क्षेत्रमा होटलको योगदान ९० प्रतिशतभन्दा बढी रहेको पनि सम्बन्धित व्यवसायीले बताएका छन ।