नेपाल भित्रिएको एक सातामै कसले किन्यो ७ करोडको कार ?
काठमाडौं । नेपालमा बीएमडब्लु अटोमोबाइल्सको ७ करोड रुपैयाँ पर्ने लक्जरी कार एक सातामै विक्री भएको छ ।
बिएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने सम्भवत: देशकै सबैभन्दा महँगो लक्जरी कार बिएमडब्लु एक्स सेभेन एक्स ड्राईभ फोर्टी आइ (BMW X7 xDrive 40i) ल्याएको एक हप्ताभित्र बिक्री भएको हो ।
कम्पनीका अनुसार यो मोडल कात्ति २९ गते नेपाल आयात गरिएको थियो । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुत, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी भएको कम्पनीको दाबी छ ।
यो कारको बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ । कम्पनीका अनुसार बिएमडब्लु एक्स सेभेन एक्स ड्राईभ फोर्टी आइको छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।