सिटिजन लाइफको ‘सिटिजन एनुअल बिजनेस रिट्रीट’ सम्पन्न



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सन्चालित कार्यक्रम ‘सिटिजन एनुअल बिजनेस रिट्रीट २०८१’ पोखरामा भव्यतासाथ सम्पन्न भएको छ ।

कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखरास्थित होटेल ‘पोखरा ग्रान्ड’ मा सम्पन्न भएको हो । कार्यक्रममा देशभरबाट २५० जनाको सहभागिता थियो ।

सिटिजन लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा राष्ट्रिय –अन्तराष्ट्रिय प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको जनाएको छ ।

सिटिजन लिडर्सहरुलाई विभिन्न क्षेत्रहरुमा अझै ज्ञान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाको उपस्थिति थियो । प्रशिक्षक झाले सिटिजन लिडर्सहरुको क्षमता तथा आत्मविश्वास अभिवृद्धिलाई मध्यनजर गर्दै बिक्री कला विकास, व्यक्तित्व विकास, संचार, पेशाको आत्मविश्वास, व्यक्तिगत प्रस्तुति लगायत विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन लिडर्सहरुले विविधतामा एकताको भावना झल्काउँदै आफ्ना संस्कृतिक पोशाक तथा मौलिक संस्कृतिमा नाचगान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएका थिए । साथै कार्यक्रममा उपस्थित सहभागीहरुलाई ७ वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो । कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरुले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेर ती क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका थिए ।

एन्युअल बिजनेश रिट्रीट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण कृष्णा श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवं कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भुषण रिमाल लगायत कम्पनीका उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो ।


क्लिकमान्डु