त्रिवि क्रिकेट मैदानमै बसेर बेटिङ, सुमन्तकुमार र ब्रजेशकुमारसहित ४ भारतीयलाई प्रहरीले पक्रियो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई त्रिवि खेलमैदानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चारै जना भारतीय नागरिक हुन् । मंगलबारको खेलमा बेटिङ गराएको आरोपमा थप अरू दुईजनालाई पक्राउ गरिएको हो ।

हिजो कलकत्ताका २ जना र आज बिहारका २ जना प्रकाउ परेका हुन् । सीआईबी प्रवक्ता होबिन्द्र बोगटीकाअनुसार आजमात्रै बिहारका सुमन्त कुमार र ब्रजेश कुमार पक्राउ परेका हुन् । त्यस्तै भारतकै सुमन घोष, अमित यादव पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट स्मार्ट मोबाइल ६ वटा र भारतीय आधारकार्ड ४ थान फेला परेको प्रहरीले जनाएको छ ।

जारी एनपीएलमा दुई बेटिङ प्लेटफर्महरू उल्फ र बाबुले फरक नाममा प्रायोजन गरेका छन् । बाबु ८८ र उल्फ ७७७ को नाममा मैदानभर र खेलाडीको जर्सीमा यी बेटिङ प्लेटफर्मको प्रचार देख्न सकिन्छ ।


क्लिकमान्डु