एसिया कप क्रिकेट: नेपालद्वारा बङ्गलादेशलाई १४२ रनको लक्ष्य

0
Shares

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गत पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

संयुक्त अरब इमिरेट्सको दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको स्कोर खडा गर्‍यो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले उत्कृष्ट प्रदर्शन गर्दै टिमका लागि ४३ रनको महत्त्वपूर्ण योगदान दिए। उनले ७७ बलको सामना गर्दै पाँच चौकाको सहयोगमा यो स्कोर बनाएका हुन् । उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन जोडे। अन्य खेलाडी भने दोहोरो अङ्कमा रन बनाउन असफल भए ।

बङ्गलादेशका बलरहरूले राम्रो प्रदर्शन गरेका थिए। मोहम्मद अल फहदा, मोहम्मद इकवाल, र मोहम्मद होसैनले समान दुई/दुई विकेट लिए। साद रजिन, उज्जमान रफी, र अजिजुल हकिमले समान एक/एक विकेट लिँदै नेपाललाई दबाबमा राखे ।

हाल बङ्गलादेश लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ । खेलको नतिजाका लागि थप प्रतिक्षा गर्नुपर्नेछ ।

Skip This