रामेछापमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु



काठमाडौं । काठमाडौंबाट रामेछापको गोकुलगंगा गाउँपालिका जाँदै गरेको त्रिवेणी यातायातको जिप फर्पुमा दुर्घटना हुँदा गोकुलगंगा-४ का वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । शुक्रबार काठमाडौंबाट गोकुलगंगा गाउँपालिका-३ को रस्नालु जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप फर्पुमा दुर्घटना भएको हो । दुर्घटनामा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

मृत्यु हुनेमा जिप चालक हिराबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । अरु तीन जना मृतकको पहिचान खुल्न नसकेको बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार जिप सडकबाट तल खसेको थियो । तर दुर्घटनाको कारण भने यकिन भइसकेको छैन ।


क्लिकमान्डु