५ लाख ५५ हजार पर्ने रोयल इनफिल्डको क्लासिक ३५० सिग्रल्स एडिसन नेपाली बजारमा सार्वजनिक
काठमाडौं । रोयल इनफिल्ड क्लासिक ३५० सिग्रल्स एडिसनको मोटरसाइकल सार्वजनिक भएको छ ।
५ लाख ५५ हजार ६०० रुपैयाँ पर्ने यो बाईक रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार बुधबारबाट रोयल इनफिल्डको २४ वटै सोरुमबाट उक्त बाईक खरिद गर्न सकिनेछ । नयाँ सिग्रल्स एडिसन डेजर्ट र मार्स ग्रे रंगमा उपलब्ध छ । यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी गर्नेछ भने बलियो टर्क प्रदान गर्नेछ । यो बाइक आरामदायी भएको कम्पनीको दाबी छ ।