एनपीएल ट्रफीको शीरमा किन राखियो ढुंगा ?



काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित टीम कप्तानहरु, नेपाल क्रिकेट संघका पदाधिकारी, बैंकका अधिकारीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

ट्रफी अनावरणपछि प्रधानमन्त्रीसँगै प्रतियोगतामा सहभागी ८ वटै टोलीका मार्की खेलाडीले ट्रफीलाई धरहराको माथि पुर्‍याएका थिए ।

एनपीएलको ट्रपीको सबैभन्दा माथि एउटा ढुंगा राखिएको छ । जसले एनपीएलको ट्रफीलाई विशेष बनाइएको छ । उक्त ट्रफीमा सगरमाथा बेस क्याप कालापत्तथरक ढुंगा राखिको क्याका अध्य चतुरबहादुर चन्दले जनाए ।

सगरमाथा आरोहीद्वय निमा शर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा कालपत्थरबाट ल्याएका थिए । कार्यक्रममा निमा र मिङ्मालाई सम्मान गरिएको थियो ।

क्यानले पहिलो पटक आफ्नै आयोजनामा क्रिकेट लिग गर्न लागेको हो ।

मंसिर १५ गतेदेखि सुरू हुने प्रतियोगितामा प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौं गोर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स गरी ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।


क्लिकमान्डु