४ अर्ब लगानीमा लेमिनार भिट्रिफाइड टायल उद्योग, यसरी बन्छ पानी नसोस्ने र सबैभन्दा सेतो टायल



नेपालगञ्ज । अचेल घरहरु बनाउँदा आन्तरिक र बाह्य सजावटलाई विशेष ध्यान राखिन्छ । घर कस्तो छ भन्ने कुरा प्रतिष्ठाको विषय बनिसक्दा परम्परागत रुपमा बनाउन छाडिएको छ ।

घरको लिभिङ रुम, बेडरुम, भान्साकोठा वा शौचालयको भुइँ वा भित्ता, पार्किङ, घरको बाहिरी आवरण सुन्दर बनाउँदा मार्बल, ग्रेनाइट वा टाइल अत्यधिक प्रयोग गर्दै हुँदै आएको छ ।

सजावट वा सुन्दरतालाई यसरी ध्यानमा राख्दै गर्दा मूल्य र किफायतीपन र प्रयोजनअनुसारको गुणलाई निकै महत्त्वका साथ हेरुन्छ । त्यसैले पनि पछिल्लो समय टायलको उपयोगिता बढेको छ ।

नेपाली बजारमा टायलको लोकप्रियता र आयात गर्ने प्रचलनमा ध्यान राख्दै देशमा आधा दर्जनको संख्यामा टायल्स कम्पनी स्थापना भइसकेका छन् ।

टायलको यस्तो बढ्दो माग र बजार तथा व्यापक प्रतिस्र्धाको माझमा सबैभन्दा कान्छो ब्रान्ड बनेर उदाएको छ, लेमिनार । लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्ने लेमिटार टायल उपभोक्ताले पनि उत्तिकै रुचाएका छन् ।

उपभोक्ताको रुचाईमा पर्नुको कारण हो, कम्पनीले दाबी गरेअनुसार नै उत्पादन दिनु । छिद्रपन निकै कम हुने टायल सबैभन्दा उत्तम वर्गको टायल हुन् । यस्ता टायललाई भिट्रिफाइड टायल भनिन्छ । नेपालमा लुम्बिनी सेरामिक्स भिट्रिफाइड टायल उत्पादन गर्ने एकमात्र कम्पनी हो । यति मात्रै होइन, भार बहन जाँच, जलन जाँच, सेतोपना, चिल्लोपना आदिमा पनि लेमिनार टायल्सलाई प्रतिस्पर्धा दिने अर्को नेपाली ब्रान्ड छैन ।

यो अद्वितीय कान्छो ब्रान्डको कुरा गर्दा बर्दियाको गुलरियास्थित साढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्र (उद्योग) र त्यहाँको प्रक्रिया जान्न आवश्यक हुन्छ ।

४ अर्ब रुपैयाँ लागतमा स्थापित यो उद्योगले करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा लेमानार उत्पादन गर्दै आएको छ ।

करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ (०.०८ प्रतिशतमात्र पानी सोस्ने) लेमिनार टायल्स धेरै मानेमा प्रतिस्र्धीभन्दा उच्चकोटीको छ ।

‘लेमिनार नेपालको सबैभन्दा पहिलो र एकमात्र १०० प्रतिशत भिट्रिफाइड टायल ब्रान्ड हो,’ लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालको दाबी छ ।

देशकै कान्छो, ठूलो र अत्याधुनिक यो उद्योग २०८१ भदौ १ गतेदेखि सञ्चालनमा आएको हो । टायलमा देशलाई आत्मनिर्भर बनाउने र विदेशी टायलको विकल्प बन्ने अभिप्रायसहित स्थापना भएको लुम्बिनी सेरामिक्सको लेमानारलाई ग्राहकले मन पराएकै कारण देशभर १०० डिलरमार्फत् विक्रीवितरण भइरहेको छ ।

‘१ महिना अघि देखि हाम्रो उत्पादन बजार पठाउन थालेका छौं,’ चुरिवाल भन्छन्, ‘४ लाख ३५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उद्योगमा कोटिङ र प्रिन्टिङका लागि इटली र स्पेनको प्रविधि उपयोग गर्छौं भने कच्चा पदार्थको रुपमा प्रयोग हुने माटो भारतको राजस्थानबाट आयात गर्छौं ।’ कमभन्दा कम धुलो तथा वायु उत्सर्जन गर्ने यो उद्योगले कुनै ढल वा केमिकलजन्य लेदो उत्पादन गर्दैन ।

‘टायल उत्पादन गर्न चाहिने माटो (क्ले, क्वार्ज, फेल्डस्पार र सिलिकासमेत मिसिएको) भारतबाट ल्याउँछौं । हामीले सुदुरपश्चिमकोे डडेलधुरामा पनि उपयुक्त खानी पहिचान गरिसकेका छौं,’ उनले थपे, ’यसरी उत्पादन गरेको टायलको हालका लागि बजार नेपालभर बनाउने प्रयत्न गरेका छौं ।’ लेमिनार टायलको बजार मूल्य प्रति वर्गफुट ८० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ ।

गुलरियामा अवस्थित यो उद्योगमा कच्चा पदार्थ र टायल उत्पादनका निमित्त फरकफरक भवन बनाइएको छ ।

यसरी निर्मित टायलको गुणस्तर जाँच गरी बजार पठाइन्छ । चुरिवालका अनुसार लेमिनार टायल्स सेतोपना, आगो परीक्षण, भारक्षमता परीक्षणमा पनि प्रतिस्पर्धी टायलभन्दा अब्बल छ ।

यसरी उत्पादन हुन्छ, नेपालको एकमात्र र पहिलो भिट्रिफाइड टायल

१. भारतको राजस्थानबाट ल्याइएको टायलको कच्चा पदार्थ (माटो) भण्डारण गरिन्छ । यस भण्डार कक्षमा क्ले, क्वार्ज, फेल्डस्पार र सिलिका फरक फरक च्याम्बरमा राखिन्छ ।

२. यी कच्चा पदार्थलाई उपयुक्त अनुपातमा मिसाएर ६० टनको मिश्रण तयार पारिन्छ ।

३. सो मिश्रणमा पानी हालेर लेदो तयार पारिन्छ । लेदो तयार पार्न लुम्बिनी सेरामिक्सको उद्योगमा ३ ठूलाठूला बलमिल छन् । एउटा बलमिलमा ६० टन मिश्रण ७ घन्टा घुमाइन्छ । जसअनुसार ३ बलमिलबाट १ दिनमा ५४० टन लेदो तयार हुन्छ ।

४. तयार लेदो अन्डरग्राउन्ड स्टोरेजमा भण्डारण गरिन्छ । यो भण्डारणकक्षको क्षमता २ हजार टन रहेको छ ।

५. त्यसपछि सुरु हुन्छ सो लेदोलाई पाउडर बनाउने प्रक्रिया । एउटा भट्टीमा कोइला बालेर तातो हावा उत्पादन गरिन्छ । लेदोलाई तातो हावामा छर्किएपछि (स्प्रे ड्राइङ प्रोसेस) लेदोमा रहेको पानी बाफ बने उड्छ र पाउडरको रुपमा ठोस मिश्रण तयार हुन्छ ।

६. यसरी तयार भएको पाउडर चिसिन दिन्छ र भण्डारण गरिन्छ । उद्योगको पाउडर स्टोरेज क्षमता २ हजार टन रहेको छ ।

७. अब सुरु हुन्छ, टायल बनाउने प्रक्रिया । सुरुमा सो पाउडरलाई ५००० टनको भारले थिचेर २ फिट लम्बाइ र ४ फिट चौडाइको बिस्कुट तयार पारिन्छ । यही बिस्कुट नै विभिन्न प्रक्रिया पार गरेपछि टायल बन्छ ।

८. टायल बिस्कुटमा रहेको मोइस्चर यो चरणमा निकालिन्छ । भट्टीमा उत्पादन भएको तातो हावामा बिस्कुट तताएपछि यसमा बाँकी रहेको चिसोपन पनि सुक्छ ।

९. यसपछिको चरणमा बिस्कुटमाथि ग्लेज लगाइन्छ । इटालियन कम्पनीको यो ग्लेजले बिस्कुटमाथि कोटिङ गर्छ । सोही कोटिङमाथि नै प्रिन्टिङ हुन्छ चम्काइन्छ पनि ।

१०. यो चरणमा बिस्कुटमाथि प्रिन्टिङ गरिन्छ । कम्पनीले स्पेनबाट आयात गरिएको ८ प्रकारको कलर र इफेक्टसहित प्रिन्टिङ गर्छ ।

११. यसपछिको चरणमा टायललाई लेमिनेट गरिन्छ । अर्थात् एउटा पत्र थपिन्छ । लुम्बिनी सेरामिक्सले उत्पादन गर्ने ब्रान्ड नाम लेमिनार पनि अंग्रेजी शब्द लेमिनेसनबाट आएको हो । लेमिनेसनले टायलको पानी नसोस्चे क्षमता वृद्धि गर्दछ ।

१२. प्रिन्ट र लेमिनेट गरेको टायललाई यो चरणमा पकाइन्छ । जसरी इँटाको भट्टीमा इँटा पकाइन्छ, यो चरणमा त्यसैगरी टायललाई ११९० देखि १२०० डिग्रि सेल्सीयसको तापमा पकाइन्छ ।

१३. यसरी तयार गरिएको टायल प्रतिवर्गफुट ४५० केजी भार थेग्न सक्छ कि सक्दैन भन्ने जाँच गरिन्छ । तातो टायल १ दिन सेलाउन दिइन्छ ।

१४. अब टायल चम्काउने काम सुरु हुन्छ । यो लामोमध्ये एक प्रक्रिया हो । विभिन्न चरणमा टायल चम्काइन्छ ।

१५. यो दास्रो अन्तिम प्रक्रिया हो । यहाँ ३ जनाले टायलको अन्तिम जाँच गर्छन् । यो प्रक्रियामा मेसिनको संलग्ना हुँदैन ।

१६. यसअघिको प्रक्रियामा जाँच गरेको टायल गुणस्तरको आधारमा वर्गीकरण गरिन्छ र सोहीअनुसार प्याकिङ गरिन्छ । यो प्रक्रियामा पनि मान्छेको संलग्नता हुन्छ ।

तस्बिरमा हेरौंः

कच्चा पदार्थ भण्डार कक्ष
राजस्थानबाट आयात गरिएको माटो
६० टन मिश्रण जोख्ने मेसिन
६० टन क्षमताको बलमिल जहाँ मिश्रण लेदो तयार पारिन्छ
२ हजार टन लेदो भण्डारण कक्ष
तातो हावा उत्पादन गर्ने भट्टी
उद्योगको धुलो खिच्ने मेसिन
ग्लेज लगाइँदै । यही ग्लेज\कोटिङ माथि प्रिन्टिङ गरिन्छ ।
प्रिन्ट गरिसकेपछिको टायल
बिस्कुटलाई १२०० डिग्री सेल्सियमा पकाएर टायल बनाउने भट्टी
भारवहन क्षमता जाँच गरिँदै
टायल टल्काउने मेसिन
हरेक टायलको गुणस्तर जाँच गरिँदै ।
विभिन्न प्रकारका टायल
कुन टायल सेतो ? लेमिनार कि अर्कै ?


क्लिकमान्डु