सर्वोच्चले माग्यो थुनामा राख्नुको कारण, प्रसाईंलाई अदालतमा लिएर उपस्थित हुन सरकारका नाममा आदेश



काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवासयी दुर्गा प्रसाईंलाई थुनामा राख्नको कारण माग गरेको छ ।

साइबर अपराध मुद्दामा थुनामा रहेका व्यवसायी प्रसाईंको हकमा उनका छोरा निराजन प्रसाईंले आफ्नो बुवालाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन आदेश गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै नक्कली कागजपत्र बनाएर भ्रम सिर्जना गरेको भन्दै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।


क्लिकमान्डु