एमालेले महानगरलाई बुझाएन १ लाख जरिवाना, दोस्रो पटक पत्र बुझाउन पार्टी कार्यालय पुग्दै टोली
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई पत्र बुझाउन काठमाडौं महानगरपालिकाको टोली जाँदै छ ।
शुक्रबार दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको सभाका क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो ।
सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको दोस्रो पटक पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरु पौने २ बजे नेकपा एमालेको पार्टी कार्यलय जान लागेको महानगरपालिकाले जनाएको छ ।