रविलाई अदालत उपस्थित गराइयो, म्याद थप होला ?



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

यसअघि थप गरिएको १३ दिनको अदालती म्याद सकिएपछि आज पुन अदालत उपस्थित गराइएको हो । गत कात्तिक २५ गते कास्की जिल्ला अदालतले १३ दिनको म्याद दिएको थियो । आज पनि प्रहरीले म्याद थप माग गर्ने तयारी गरेको छ ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको उनीमाथि आरोप छ ।
रविमाथि रुपन्देही, चितवन, काठमाडौं लगायतका स्थानमा रहेका सहकारीको रकम अपचलन गरेको आरोप छ ।


क्लिकमान्डु