हुन्डाईको २३ अर्ब डलर सम्पत्ति व्यवस्थापनको जिम्मा पहिलोपटक गैरकोरियालीले पाए, को हुन् मुनोज ?



काठमाडौं । हुन्डाई मोटर कम्पनीले जोसे मुनोजलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ ।

उनले सन् २०२५ जनवरी १ तारिखदेखि कार्यभार सम्हाल्नेछन् । मुनोजलाई ग्लोबल बिजनेस लिड गर्ने गरी सीईओमा नियुक्त गरिएको हो ।

जोसेले अब हुन्डाई मोटरको बोर्ड अफ डाइरेक्टरका रुपमा समेत काम गर्नेछन् । उनले भविष्यको यातायात, विद्युतीय सवारीसाधन, इन्जिन विकास र हाइड्रोजन सेल फ्युलमा काम गर्नेछन् ।

हुन्डाईलाई उनले यहि बाटोमा डोर्‍याउनेछन् । जोसे  सन् २०१९ मा हुन्डाईमा जोडिएका थिए । उनी ग्लोबल चिफ अपरेटिङका रुपमा काम गरिसकेका छन्। हुन्डाईमा जोडिनु अघि उनी निशान मोटरमा उच्च तहमा बसेर काम गरिसकेका थिए ।

उनी स्पेनका नागरिक हुन् । उनले न्युक्लियर इन्जिनियरिङमा पोलिटेक्निक युनिभर्सिटिज अफ म्याड्रडिबाट पिएचडी गरेका छन्।

हुन्डाईको २३ अर्ब अमेरिकी डलरको सम्पत्ति व्यवस्थापनको जिम्मा पहिलोपटक गैरकोरियालीले पाएका हुन् । र पछिल्लो ५ वर्षमा हुन्डाईको ब्राण्ड भ्यालू ६३ प्रतिशतले बढेको छ । हुन्डाई २०२३ मा विश्वभर ४२ लाख कार उत्पादन तथा बिक्री गरेको थियो भने २०२४ भरमा ४० लाखभन्दा बढी बिक्रीको लक्ष लिएको जनाएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारित लक्ष्मी ग्रुपको लक्ष्मी इन्टरकन्टिनेन्टल हो । कोरियन ब्राण्ड हुन्डाई नेपालमा समेत लोकप्रिय ब्राण्ड हो । यसै वर्ष हुन्डाईले नेपालको नवलपरासीमा एसेम्बल प्लान्टसमेत लगाएको छ ।


क्लिकमान्डु