खोला किनाराको मापदण्ड सम्बन्धी सर्वोच्चको फैसलामा फेरि सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवाद सम्बन्धी फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा फेरि सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासले सरकारको निवदेनमा निस्सा दिएसँगै सर्वोच्चको यसअघि फैसलामा पुनरावलोकन हुने भएको हो । निस्सासँगै यसअघि सर्वोच्चबाटै भएको फेसलामाथि पुन एकपटक बहस हुने छ ।
सरकारले सर्वोच्चको फैसला कार्यान्वयन नगर्न माग गर्दै पुनरावलोकनका लागि भ्याकेट निवेदन दर्ता गरेको थियो ।