सूर्योदय वोमीले ७ प्रतिशत लाभांश दिने
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाले ६ प्रतिशत ( ६ करोड२६ लाख १९ हजा ७९ रुपैयाँ) र १ प्रतिशत नगद लभांश (१ करोड ४ लाख ३६ जार ६ सय ६३ रुपैयाँ) दिन लागेको हो ।
मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४ करोड ३६ लाख रुपैयाँ रहेको छ । लघुवित्तले ६ करोड ३० लाख ५६ हजार रुपैयाँ कुल लाभांश दिन लागेको हो ।
लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको वार्षिक साधारण सभामा पेश हुनेछ । साधारण सभाले निर्णय गरेपछि सेयर धनीहरुले लाभांश पाउनेछन् ।