३ अर्ब ३७ करोड वटा नोट प्रयोगमा, ६ खर्ब ९० अर्ब रुपैयाँ बजारमा
काठमाडौं । बजार हाल ३ अर्ब ३७ करोड ७८ लाख वटा नोट प्रयोगमा छन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन अनुसार ७ खर्ब रुपैयाँ बजारमा चलनचल्तीमा रहेको छ ।
बजारमा चलचल्तीमा रहेको यस्तो रकममा गत वर्ष २०८० को तुलनामा २०८१ को असार मसान्तमा ७.८२ प्रतिशतले बढेको देखिएको छ ।
बजारमा हाल सबैभन्दा बढी ५ रुपैयाँका नोट छन । ५ रुपैयाँका नोट बजामा ७४ करोड ८२ लाख थान छन् । यी नोट ३ अर्ब ७४ करोड रुपैयाँको छन् ।
बजारमा दोस्रो धेरै प्रयोगमा रहेको नोट १० रुपैयाँको छ । १० रुपैयाँको नोट ६० करोड ३१ लाख थान रहेको छ । बजारमा धेरै प्रयोगमा आउने नोटको सूचीमा १००० रुपैयाँको नोट रहेको छ । बजारमा हाल ४८ करोड ८३ लाख थान एक हजार रुपैयाँको नोट प्रयोगमा रहेको छ ।
बजारमा प्रयोगमा रहेको नोटहरुमा २० रुपैयाँको ३२ करोड ५३ लाख थान, ५० को २८ करोड ५३ लाख थान, ५ सय को २७ लाख थान, एक रुपैयाँको १६ करोड थान र २ रुपैयाँको ९ करोड थान नोट प्रचलनमा रहेको छ ।