प्रसाईंलाई साइबर ब्यूरो पठाइयो, आज म्याद थप नहुने



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ ।

मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले साइबल ब्यूरो पठाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा स्वास्थ्य जाँचपछि अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।

प्रसाईंको म्याद थप भने आज नहुने भएको छ । प्रहरीले कागजात र प्रक्रिया पूरा गर्न नभ्याएको भन्दै उनलाई आज अदालत पेस गर्न सकेको जनाएको छ । भोलि कार्यालय खुलेपछि म्याद थपका लागि अदालत लैजाने प्रहरीले जनाएको छ ।

उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने प्रहरी तयारी छ ।


क्लिकमान्डु