‘बीवाईडी ड्राइभ टु डिस्कभर’: बीवाईडी एट्टो ३ को पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी प्रस्तुत



काठमाडौं । चिनियाँ कम्पनी बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साईमेक्स इन्कले हालै लन्च भएको बीवाईडी एट्टो ३ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ ।

‘बीवाईडी ड्राइभ टु डिस्कभर’ नाम दिइएको यो कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भूभागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको विशेष क्षमता अनुभव गराएको छ ।

काठमाडौंको नक्सालस्थित बीवाईडी शोरूममा आयोजना गरिएको यस कार्यक्रममा मिडिया प्रतिनिधि र टोमोबाइलप्रेमीहरूको उत्साही सहभागिता देखियो। सहभागीहरूले बीवाईडी एट्टो ३ (२०२४) को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाएको सुनाए । कार्यक्रममा अटोमोबाइल मिडियाका प्रतिष्ठित व्यक्तित्वहरूको पनि सहभागिता थियो । जसले काठमाडौंका ब्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्मको यात्रा पूरा गरेका थिए ।

बीवाईडी ड्राइभ टु डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन डिजाइन गरिएको थियो । जसमा सहरका सडक, उकालो, र अफ–रोड बाटोहरू थिए।

यात्रा बीवाईडी शोरूमबाट सुरू भएर भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो। सहरको बाटो, उकालो, र दुर्गम भूभागसहितको मिश्रणले सहभागीहरुलाई बीवाईडी एट्टो ३ को अत्याधुनिक ड्राइभिङ फिचर र मजबुत निर्माणको परीक्षण गर्न मौका दिएको छ ।

बीवाईडी एट्टो ३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ मानिन्छ। यो एसयूभीमा बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ । जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ। बीवाईडीको डिजाइन दर्शन अनुसार एट्टो ३ (२०२४) संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइनमा समावेश छ। गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउन आरामदायी र स्टाइलिस इन्टेरियर प्रदान गरिएको छ।

यो मोडेलले नेपालको ईभी प्रविधिमा नयाँ मानक भई देशको विभिन्न सडक अवस्था र साहसिक भावना पूरा गर्न सक्षम भएको छ। ‘बीवाईडी एट्टो ३ २०२४ ले केवल बीवाईडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र होइन, नेपालको हाम्रा ग्राहकहरूका लागि ईभी अनुभव सुधार गर्ने हाम्रो प्रतिबद्धता पनि झल्काउँछ। बीवाईडी एट्टो ३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन, र वातावरणमैत्री दक्षताले यसलाई ईभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्वपूर्ण हिस्सा बनाएको छ,’ साईमेक्स इन्कका नेसनल सेल्स हेड अशुतोष गौतमले गरे ।

कार्यक्रमले नेपालको ईभी पूर्वाधारलाई सुदृढ गर्न साईमेक्स इन्कले गरिरहेका प्रयासहरूलाई पनि उजागर गरेको कम्पनीले जनाएको छ । यो पहलको हिस्साको रूपमा, साईमेक्स इन्कले ४३ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क स्थापना गरिसकेको छ । साथै चाँडै नै देशभर १०० भन्दा बढी चार्जिङ स्टेशन पुर्‍याउने बताइएको छ । जसले ग्राहकहरूलाई भरपर्दो र सहज चार्जिङ विकल्पहरू उपलब्ध गराउनेछ।

बीवाईडी एट्टो ३ २०२४ को सुरुवातसँगै, बीवाईडी र साईमेक्स इन्कले नेपालमा दिगो अटोमोबाइल क्षेत्रतर्फको परिवर्तनलाई अघि बढाइरहेका छन्। यी गाडीहरूले नेपालको हरित यातायात लक्ष्य पूरा गर्न र वातावरणप्रेमी ग्राहकहरूको बढ्दो अपेक्षा पूरा गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु