नागरिक पत्रिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाको नाफा ९ लाख ४० हजार



काठमाडौं । नागरिक पत्रिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले ३ महिनामा ९ लाख ४० हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २४ लाख ५४ हजार रुपैयाँको पत्रिका बेचेर करिब १० लाख नाफा गरेको हो ।

३ महिनामा कम्पनीले पत्रिका बेचेर यति आम्दानी गर्नु भनेको ४ लाख २४ हजार वटा पत्रिका बेचेको बुझिन्छ । नागरिक दैनिक प्रतियुनिट १० रुपैयाँ पर्छ ।

यता कम्पनीको ३ महिनामा बिक्री खर्च २ करोड १७ लाख रुपैयाँ छ भने प्रशासनिक खर्च १ करोड ४४ लाख र वितरण खर्च ५१ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु