सिटिजन्स बैंकको ‘हेल्थ एन्ड वेल्थ’ स्किम: सम्पत्ति र स्वास्थ्य दुबैमा फाइदा



काठमाडौं । हामी भविष्यमा आइपर्ने वित्तीय जोखिमलाई ध्यानमा राख्दै बचत गर्छौं । यस्तो बचत कमाइ नभएको बेला खर्च जुटाउन, शिक्षा र स्वास्थ्य उपचारका लागि वा अन्य भइपरी आउने काममा खर्च गर्ने सोच हुन्छ ।

तर, कहिलेकाँही यसरी जोगाएको रकम पनि पर्याप्त नहुन स्क्छ । त्यसैले बढीभन्दा बढी बचत आजको आवश्यकता हो । बचत गर्ने सुरमा कहिलेकाँही हामी आफ्नो स्वास्थ्यलाई बिर्सिन्छौं । थोरै लोभले नसोचेको स्वास्थ्य जोखिम ल्याउँछ भन्ने हामीले कल्पनै गरेकै हुँदैनौं । हामी नियमित स्वास्थ्य जाँच नगर्दा पेट भोकै राखेर गरेको बचतले नपुग्ने स्थितिसमेत पैदा गरिदिन्छ ।

बचत पनि हुने र स्वास्थ्य पनि जोगिने उपायका बारेमा कसैले सोचेको हुँदैन । बजारमा यस्ता सुविधा उपलब्ध भए पनि ध्यान दिएको हुँदैन । सिटिजन्स बैंक इन्टरनेसनलले ल्याएको ‘हेल्थ एन्ड वेल्थ’ नामक सुविधाको बारेमा पनि धेरैलाई जानकारी नहुँदो हो ।

बैंकले यस्तो प्रोडक्ट ल्याएको छ जसले सर्वसाधारणलाई बचत गर्न अभिप्रेरित गर्छ, बचतकर्तालाई प्रतिफलस्वरूप उच्च ब्याज दिन्छ र साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग हुन पनि सिकाउँछ ।

ग्राहकलाई केही प्रतिफल र आफ्नो जीवन पनि स्वस्थ्य र सुरक्षित रहोस् भन्ने चाहना छ भने सिटिजन्सको ‘हेल्थ एण्ड वेल्थ’ उपयुक्त योजना हो । यो योजना बैंकले आफ्नो १७ औं वार्षिकोत्वसको अवसरमा गत ल्याएको थियो ।

बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारसविक्रम थापा हेल्थ एन्थ वेल्थ योजना बैंकको सामान्य बचत खाता नै भए पनि यसमा दुईवटा सुविधा रहेको बताउँछन् । ती हुन्ः पहिलो स्वास्थ्य सम्बन्धी फाइदा र दोस्रो सम्पत्ति सम्बन्धी सुविधा ।

यो बचत खातामा ३ लाखभन्दा ब्यालेन्स कायम गरेको खण्डमा वर्षमा एकपल्ट निःशुल्क होलबडी चेकअप गर्न पाइन्छ । यसैगरी दाँत सम्बन्धी, छाला सम्बन्धी र आँखासम्बन्धी परामर्श निःशुल्क पाइनेछ । यसैगरी ईफार्मेसीमार्फत औषधीहरु खरिदमा फ्रि डेलिभरी तथा विशेष छुट पाइन्छ भने सलुन र स्पा तथा मसाजमा विशेष छुटको व्यवस्था रहेको छ ।

यो बचत खातामा पाउने अर्को लाभ हो, सम्पत्ति(वेल्थ) सम्बन्धि लाभ ।

यो बचत खातामा ५.१५ प्रतिशत उच्चतम ब्याजदर पाइने बैंकले जनाएको छ । यसैगरी पहिलो वर्षका लागि निःशुल्क इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्ड सुविधा पनि पाइनेछ । लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउने यो खातामा ३ लाख रूपैयाँ ब्यालेन्स रहनाले लकरको चाबि निःशुल्क पाइनेछ । साथै मेडिकल क्रेडिट कार्ड सुविधामा शतप्रतिशत छुट र एकलाख रुपैयाँको मेडिकल कार्डअन्तर्गत ७५० रुपैयाँ छुट पनि पाइने थापा बताउँछन् ।

अर्कातर्फ सिटिजन्सको सहायक कम्पनीहरू सिटिजन्स क्यापिटल र सीबीआईएल सेक्युरिटिजमा पनि विशेष छुट पाउने बैंकको भनाइ छ । बैंकका अनुसार यो खाताबाहकले सिटिजन्स क्यापिटलको पोर्टफोलियो म्यानेजमेन्ट सिस्टम (पीएमएस) सर्भिसमा ५० प्रतिशत छुट पाउनेछन् भने सीबीआईएल सेक्युरिटिजमा निःशुल्क ब्रोकर खाता खोल्न पाउनेछन् । यसबाहेक मासिक १०० रुपैयाँ योगदानमार्फत् स्वतः रिकरिङ डिपोजिटबाट फोर्स इमरजेन्सी फन्ड क्रियसनको सुविधा पनि पाइन्छ । विदेशी विनिमय सटहीमा १० पैसा छुट, डलर ट्राभल कार्ड बनाउँदा २५ प्रतिशत छुट र ई–कमर्स कार्ड इस्यु चार्जमा ५० प्रतिशत छुट जस्ता लाभ यस खातामा छ ।

यो खाताबाहकले यस्ता सबै सुविधा पाउन खाता खोल्दा बचतकर्ताले न्यूनतम तीनलाख रुपैयाँ मौज्दात राख्नुपर्छ । योजनाअन्तर्गत बचतकर्ताले न्यूनतम मौज्दातबाहेक खातामा रहने रकम मुद्दती निक्षेपका रुपमा समेत रुपान्तरण गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

ग्राहकको आवश्यकताअनुसार सिटिजन्सले बैंकिङ्ग क्षेत्रमा पहिलोपटक यसतो प्रोडक्ट ल्याएको हो । डिपोजिट मार्केटिङ प्रमुख थापा ग्राहकको आवश्यकता तथा प्राथमिकता स्वास्थ्य हुने बएकाले बचत खाता खोल्दा त्यसबाटै आफ्नो स्वास्थ्य अवस्था के कस्तो छ भने जानकारी राखुन् भन्ने हेतुले बैंकले यो योजना ल्याएको बताउँछन् ।

उनले भने, ‘हेल्थ एन्ड वेल्थ खाता खोल्दा बचतकर्ताले आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भन्ने निःशुल्क जानकारी राख्न पाउनुहुनेछ, ग्राहकहरुले सम्पत्ति लाभ सम्बन्धि अरू फाइदाहरु समेत लिन पाउन सक्नुहुनेछ ।’

ग्राहकले आफ्ना भविष्यका आवश्यकता पूर्ति गर्न र स्वास्थ्य उपचारका लागि नै बचत गरेका हुन्छन् । यही कुरालाई मध्यनजर राख्दै बैंकले स्वास्थ्य सम्बन्धि लाभ लिनसक्ने गरी योजना ल्याएको उनले बताए ।

स्वास्थ्य(हेल्थ) सम्बन्धी फाइदा

– वर्षमा एकपल्ट निःशुल्क होलबडी चेकअप
– दाँत सम्बन्धी निःशुल्क परामर्श
– छाला सम्बन्धी निःशुल्क परामर्श
– आँखासम्बन्धी निःशुल्क परामर्श
– ईफार्मेसीमार्फत औषधीहरु खरिदमा फ्रि डेलिभरी तथा विशेष छुट
– सलुन र स्पा तथा मसाजमा विशेष छुट

सम्पत्ति(वेल्थ) सम्बन्धी लाभ

– ५.१५ प्रतिशत उच्चतम ब्याजदर
– पहिलो वर्षका लागि निःशुल्क इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्ड
– लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट तथा लकरको चाबि निःशुल्क
– मेडिकल क्रेडिट कार्ड सुविधामा शतप्रतिशत छुट (एकलाख रुपैयाँको मेडिकल कार्डअन्तर्गत ७५० रुपैयाँ छुट)
– सिटिजन्स क्यापिटलको पोर्टफोलियो म्यानेजमेन्ट सिस्टम (पीएमएस) सर्भिसमा ५० प्रतिशत छुट
– सीबीआईएल सेक्युरिटिजमा निःशुल्क ब्रोकर खाता
– मासिक १०० रुपैयाँ योगदानमार्फत् स्वतः रिकरिङ डिपोजिटबाट फोर्स इमरजेन्सी फन्ड क्रियसनको सुविधा
– विदेशी विनिमय सटहीमा १० पैसा छुट
– डलर ट्राभल कार्ड बनाउँदा २५ प्रतिशत छुट
– ई–कमर्स कार्ड इस्यु चार्जमा ५० प्रतिशत छुट


क्लिकमान्डु