भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा ९४ वर्षीया महिलाको शव फेला
काठमाडौं । भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३ स्थित दरवारस्क्वायर इछुगल्लीमा बस्ने ९४ वर्षीया विष्णु कुमारी त्वयनाको शव खुट्टा बाँधिएको अवस्थामा भेटिएको हो ।
बुधबार बेलुकी सवा ५ बजे उनको शव आफू सुत्ने कोठामा कपडाले दुबै खुट्टा एकै ठाँउमा बाँधिएको अवस्थामा फेला परेको भक्तपुरका प्रहरीले जनाएको छ । उनी आफ्नै घरको चौथो तल्लामा एक्लै बस्दै आएकी थिइन् ।
घटनास्थलमा प्रहरीको अनुसन्धान टोली र कुकुर परिचालन गरेको छ भने शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको प्रवक्ता ढुण्डीराज न्यौपानेले बताए ।